आप्रवासी कामदारका लागि निःशुल्क कानुनी परामर्श सेवा
यस सेवा अन्तर्गत रोजगारीको सिलसिलामा विदेशमा रहेका, वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई कानूनी परामर्श दिइन्छ । कामदारहरुले वैदेशिक रोजगारका कानूनी विषयमा प्रश्नहरु सोध्न सक्नेछन् । कामदारहरुले सोधेका यी प्रश्नहरु उपर मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा कार्यरत अधिवक्ताहरुबाट इमेलको माध्यमबाट कानूनी सल्लाह प्रदान गरिनेछ । निःशुल्क कानूनी सेवा विदेश वा स्वदेशमा ठगी, शोषण वा आपतमा परेका कामदारलाई सहयोग गर्न लक्षित छ । विदेशमा जोखिममा परेका तथा स्वदेशमा सहयोग (उद्दार–उजुरी) गर्नुपर्ने अवस्थाका कामदारले यस मार्फत सेवा लिन सक्नेछन् । यसरी सम्पर्कमा आएका कामदारहरुलाई आवश्यक परेमा निःशुल्क कानूनी सेवा प्रदान गरिनेछ ।
समस्यामा परेको व्यक्तिलाई तत्काल सल्लाह वा कानूनी सहयोग चाहिएमा पिपुल फोरमको कार्यालयको नम्बर ०१-४४२३९७३ वा ०१-४७९७२२६ मा सम्पर्क गर्नुहोस् ।
वैदेशिक रोजगारीको सिलसिलामा ठगी वा कुनै समस्या परेमा निःशुल्क परामर्शको लागि सम्पर्क राख्नुहोस् ।
निःशुल्क कानूनी परामर्शको फारम
नोटः माथी फारममा भर्नुभएको समस्याको कानूनी सल्लाहको लागि फारममा उपलब्ध गराउनुभएको इमेल हेर्नुहोला ।
कस्तो अवस्थामा सेवा पाइन्छ ?
विदेशमा रहेको अवस्थामा
- करारमा लेखिए भन्दा फरक काम वा फरक तलब भएको
- स्वदेशमा गरिएको करार सम्झौता विपरित विदेशमा काममा लगाएको
- विदेशमा काम नपाएको
- तलब चोरी भएको
- मेडिकल फेल भएको
- विदेशमा अलपत्र परी उद्दार गर्नुपरेको
- बेचविखनमा परेको
- विदेशमा कारागारमा परी कानूनी सहायता आवश्यक भएको
स्वेदशमा रहेको अवस्थामा
- विदेश पठाउन आश्वासन दिइ पैसा लिएको तर विदेश नपठाएको (वैदेशिक रोजगार ठगी)
- स्वदेशमा गरिएको करार सम्झौता विपरित विदेशमा काममा लगाएको
- सरकारले तोकेको भन्दा बढी रकम कामदारसँग असुल गरेको
- १८ वर्ष मुनिका नाबालकलाई विदेश पठाएको
- सरकारले खुल्ला नगरेको मुलुकमा कामदार पठाएको
- आफूले तिरेको रकम फिर्ता गर्न तथा क्षतिपुर्ति दिन इन्कार गरेको
निःशुल्क कानूनी सेवा अन्तर्गत यो सेवा कसले पाउँदैन ?
- वैदेशिक रोजगार बाहेक अन्य कारणले पिडित भएका व्यक्ति
- यो निःशुल्क कानूनी सेवा गरिब तथा विपन्न व्यक्तिहरु प्रति लक्षित छ |